२०८३ जेष्ठ ७ गते , विहीबार

एमालेले फिर्ता गर्यो भीआइपीको नाममा लिएको ३ करोड बढी उपचार खर्च

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ७ गते , विहीबार
एमालेले फिर्ता गर्यो भीआइपीको नाममा लिएको ३ करोड बढी उपचार खर्च

बिर्तामोड अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि नेकपा (एमाले)ले पूर्व भीआईपीहरूले राज्यकोषबाट गरेको उपचारखर्च फिर्ता गरेको

नेपाल राष्ट्र बैंक सम्बद्ध स्रोतका अनुसार, जेठ २०८३ मा एमालेले तीन पूर्व पदाधिकारीहरूको उपचारखर्च बापत राज्यकोषबाट भुक्तान भएको रकम फिर्ता गरेको हो

पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली झलनाथ खनालको उपचार बापतको झण्डै चार करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा गएरडिपोजिट भएको हो

प्रचलित कानून विपरीत भीआईपीहरूले विदेशमा गरेको उपचार खर्च राज्यकोषबाट बेहोरिएको भनी परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थियो

गैरकानूनी रुपमा उपचारखर्च भुक्तान गरिएको विषयमा तत्काल अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्न हाम्रा प्रमुख लगायतका पदाधिकारीहरूमाथि निकै ठूलो दबाब थियो,’ अख्तियारका एक उच्चपदस्थ कर्मचारीहरूले भने, ‘अप्ठेरो नपर्ने गरी समाधानको उपाय निकाल्दै खर्च भएको रकम राज्यकोषमा दाखिला गर्ने उपाय निकालिएको देखिन्छ

एमालेले पूर्वराष्ट्रपति डा। यादवको नाममा ६५ लाख २५ हजार, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाममा दुई करोड ३९ लाख ३५ हजार ७१४ रुपैयाँ झलनाथ खनालको नाममा खर्च भएको ८१ लाख ३९ हजार १५५ रुपैंया भुक्तान भएको थियो

ती मध्ये सबैजसो रकम एमाले पार्टीको खाताबाट नै निकासा भएको स्रोतले बतायो एकमुष्ट रुपमा सबै रकम करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ हुन्छ एमाले सम्बद्ध स्रोतका अनुसार, पार्टीले नै खर्च बेहोर्ने भनी गोप्य निर्णय भएपछि कति तहको कारोबारबाट राष्ट्रबैंकमा भुक्तानी भएको भन्ने खुलेको छैन

त्यसमा पूर्वराष्ट्रपति डा यादवको केही रकम भुक्तान हुन बाँकी

उपचार खर्च बापतको रकम फिर्ता भएपछि एमाले केन्द्रीय कार्यालयका केही नेताहरूले परराष्ट्र मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कोष तथा लेखा नियन्त्रण कार्यालय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रकम डिपोजिट गरिएको प्रमाण पेश गरेका छन्

वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ लगायतले उपचार खर्चका नाममा भीआईपीहरूले राज्यकोषको दोहन गरेको भन्दै अख्तियारमा उजुरी दिएका थिए त्यो उजुरीको सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको थियो

पछिल्लो केही सातायता उजुरी अनुसन्धान गर्न आफूलाई निकै दबाब आएको भन्दै प्रमुख आयुक्त प्रेमकुमार राई लगायतका पदाधिकारीहरूले प्रमुख विपक्षी दलका शीर्ष नेताहरू सम्वद्ध सम्पर्क सूत्रहरूमार्फत कुराकानी गरेका थिए

त्यतिबेला खर्च भएको रकम राज्यकोषमा फिर्ता नगर्ने हो भने कुनै पनि हालतमा भ्रष्टाचारको मुद्दाबाट जोगाउन सकिदैन भन्ने सन्देश गयो,’ अख्तियारसम्वद्ध स्रोतले भन्यो, ‘त्यसपछि एमालेले साढे तीन करोड रुपैयाँभन्दा बढी रकम राज्यकोषमा भुक्तानी गरेको हो

भीआईपी उपचारखर्चको भुक्तानीमा शेरबहादुर देउवा नेतृत्वको सरकार पनि जोडिन्छ त्यस्तो अवस्थामा व्यक्ति नहेरेर एमाले अध्यक्ष ओलीले आफू देउवाको दायित्वमा पर्ने रकम एकमुष्ट रुपमा भुक्तानी गरिदिएको एमालेका एक नेताले बताए

उनका अनुसार, त्यसै सिलसिलामा पूर्वप्रधानमन्त्री खनालको नाममा भुक्तानी भएको रकम पनि फिर्ता भएको हो

सम्बन्धित समाचार