२०८३ जेष्ठ ७ गते , विहीबार

न्याय माग्दै नवजात शिशुसहित एक हप्तादेखि अनशनमा

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ६ गते , बुधबार
न्याय माग्दै नवजात शिशुसहित एक हप्तादेखि अनशनमा

झापा चितवनका सुजन विक एक हप्तादेखि नवजात शिशुसहित माइतीघरमा अनशनमा बसिरहेका छन् चितवन टाँडीका सुजन अस्पतालको लापरबाहीका कारण आफ्नी श्रीमतीको मृत्यु भएको दाबी गर्दै अनशनमा बसेका हुन्

श्रीमती अस्मिता तामाङ विकको चितवनको बकुलहर रत्ननगर अस्पतालको लापरबाहीका कारण भएको दाबी गर्दै उनी एक सातादेखि अनशनमा बसेका हुन्

नवजात छोरालाई साथैमा लिएर उनी चर्को घाममा माइतीघरमा अनसन बसिरहेका छन्

सुजनका अनुसार २७ वर्षीया श्रीमती अस्मितालाई सुत्केरी व्यथा लागेपछि गत वैशाख गते चितवनको बकुलहर रत्ननगर अस्पताल लगिएको थियो अस्मितालाई सोही दिन भर्ना गरियो डाक्टरले सल्लाहअनुसार गते अस्मिताको शल्यक्रिया गरियो स्वास्थ्य अवस्था सामान्य देखिएपछि उनलाई वार्डमा सारियो तर, शल्यक्रिया गरेको २४ घण्टासम्म पनि डाक्टर अस्मिताको स्वास्थ्य जाँच गर्न आउनुभएन,’ सुजनले भने

१० गते साढे बजेतिर अस्मिताले सास फेर्न गाह्रो भयो भनेपछि आफूले नर्सलाई बोलाएको उनको भनाइ नर्स आइपुग्दा मुखबाट खकार रगत एक्कैचोटि आएको थियो डराएँ तर नर्सहरूले घाँटीमा हालेको पाइपले गर्दा हो, यस्तो हुनु सामान्य हो भनेर मलाई मास्क लिन पठाउनुभयो,’ उनले भने,‘त्यसपछि उनलाई बाफ लगाइदिनुभयो नर्सलाई डाक्टर बोलाउन भनेँ नर्सले धेरै पटक भनेपछि मात्र २५ मिनेटमा बल्ल डाक्टर आइपुग्नुभएको थियो

आफुले बिरामीलाई आईसीयूमा राख्न आग्रह गरे पनि डाक्टरले आईसीयू खाली नभएको भन्दै अर्को अस्पताल लैजान सल्लाह दिएको उनले बताए

मैले अस्मितालाई लिएर ट्रलीमा राख्न नपाउँदै मुखबाट गाज आयो उनी त्यहीँ बितिसकेकी रहिछन् तर अस्पताललेजीवित रहेको भनी कागज बनाएर अर्को अस्पताल जान भन्यो,’ सुजनले भने, ‘अस्मितालाई सीएमसी र्पुयाउँदा डाक्टरले २० मिनेट अगाडि नै मृत्यु भएको भन्नुभयो त्यसपछि आफू होसमा नरहेको आफन्त तथा अस्पतालका मान्छे मिलेर विभिन्न कागजातमा ल्याप्चे लगाइएको उनको भनाइ

घटना छानबिन श्रीमतीको न्यायका लागि धेरै ठाउँमा जाँदा पनि आफूलाई बेवास्ता गरेको सुजन बताउँछन् नगरपालिका, वडा कार्यालय प्रहरीमा निवेदन दिन खोज्दा कतैबाट पनि साथ पाइनँ,’ उनले भने,‘छानबिन होस् भनेर धेरै ठाउँ गए उल्टै के के भन्नुभयो केही नलागेपछि काठमाडौं आएको हुँ मेडिकल काउन्सिलमा पनि निवेदन दिएको छु

आमरण अनसनमा रहेका उनलाई समस्या आएपछि अस्पताल लगेर सलाइन पनि चढाउने गरिएको उनलाई माइतीघरमा आमा ११ वर्षका छोराका साथै भाइले साथ दिइरहेका छन् १३ वर्षअगाडि सुजनअस्मिताको विवाह भएको थियो १२ वर्षदेखि भाडामा गाडी चलाएर उनले परिवार पाल्दै आएका थिए

सम्बन्धित समाचार