२०८३ जेष्ठ ५ गते , मंगलबार
शर्माविरुद्ध परेको उजुरी खोल्ने बेलामा मिडियालाई नराखिने
झापा । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरी खोल्ने बेलामा र उजुरी दिनेहरूसँग छलफल गर्ने बेलामा मिडियालाई बाहिर निकालिने भएको छ ।
संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले उजुरी खोल्दा र उनीहरूसँग छलफल गर्दा गोपनीयता कायम गरिने बताए । उजुरीकर्ताको सुरक्षाका लागि पनि गोपनीयता कायम गरिने उनको भनाइ थियो ।
समितिले उजुरी आह्वान गर्दा शर्माविरुद्ध १६ उजुरी परेका छन् । समितिको बैठकमा ती उजुरीबारे अध्ययन गर्ने र उजुरी कर्तासँग छलफल गर्न लागिएको छ । अहिले बैठक १५ मिनेटलाई स्थगित गरिएको छ । त्यसपछि उजुरी खोल्ने र उजुरी कर्तासँग छलफल गर्ने कार्यसूची रहेको सभापति श्रेष्ठले बताए ।