२०८३ जेष्ठ ५ गते , मंगलबार
कार्यक्रममा सहभागी हुन हिडेका दुर्गा प्रसाई पक्राउ
बिर्तामोड । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी वीरगञ्जबाट पक्राउ परेका हुन् ।
उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई ‘माथिको आदेश’ भन्दै प्रहरीले पक्राउ गरेको हो । प्रहरी स्रोतले उनी पक्राउ परेको पुष्टि गरे पनि कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे खुलाएको छैन ।
राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।
वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।
सो क्रममा उनले विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानी पनि गरेका थिए । वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उनले विभिन्न आलोचनासहितका टिप्पणी सञ्चारकर्मीसँग गरेका थिए ।