२०८३ जेष्ठ ५ गते , मंगलबार

अर्याल परिवारद्वारा गुरुकुलका विद्यार्थीको अभिभावकत्व ग्रहण

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ४ गते , सोमबार
अर्याल परिवारद्वारा गुरुकुलका विद्यार्थीको अभिभावकत्व ग्रहण

र्तामोड झापा बुद्धशान्तिका कर्णप्रसाद अर्यालको परिवारले गुरुकुलका विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् अर्याल परिवारले अर्जुनधारा नगरपालिका साधुटारस्थित श्री शंकराचार्य पीठ वेद वेदाङ्ग संस्कृत पाठशालामा अध्ययनरत एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका हुन्

बुद्धशान्ति ७ सुनमाई निवासीअर्याल उनकी श्रीमती शोभादेवी अर्यालले पाठशालामा अध्ययनरत एक जना विद्यार्थीको भोजन व्यवस्थापनका लागि एक लाख ५५ हजार १२५ रुपैँयाको अक्षयकोष स्थापना गरेका हुन् राजनीतिक तथा सामाजिक व्यक्तित्व अर्यालले पाठशालामा अध्ययन गर्न आउने विद्यार्थी मध्ये एक जनालाई सदैव भोजनको व्यवस्थापन गर्ने गरी रकम प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे  

अर्याल परिवारले पीठका व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीप्रसाद खतिवडालाई रकम हस्तान्तरण गरेका थिए खतिवडाले पौराणिक ग्रन्थलाई उद्धृत गर्दै पाठशालामा अध्ययन गर्न आउने विद्यार्थीलाई भोजन व्यवस्थापन गर्ने दाताको २१ पुस्ताले पुण्य प्राप्ति गर्ने उल्लेख भएको बताए उनले अर्याल परिवारलाई धन्यवाद दिए अध्यक्ष खतिवडाले पाठशालामा ११ करोड लक्ष्यका साथ  अक्षयकोष स्थापना गरिएको हालसम्म कोषमा करिब एक करोड ५० लाख जम्मा भइसकेको जानकारी दिँदै सहयोगका लागि अपिल गरेका छन्

सम्बन्धित समाचार