२०८३ जेष्ठ ५ गते , मंगलबार

न्यायाधीश र सेवाग्राहीबिच भेट्घाट

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ४ गते , सोमबार
न्यायाधीश र सेवाग्राहीबिच भेट्घाट

बिर्तामोड । झापा जिल्ला अदालतमा मिट द जज कार्यक्रम सम्पन्न भएको छ। झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलसंग अदालतका सेवाग्राहीहरुले भेटघाट गरेका हुन ।
भेटघाटमा न्यायाधीश लुइँटेलले अदालतबाट प्रवाह हुने सेवा के कस्तो पाउनु भएको छ? भनि सेवाग्राहीलाई सोधेका थिए । प्रमुख न्यायाधीशले राखेको प्रश्नमा सहभागी सेवाग्राहीले आ-आफ्नो धारणा र प्रतिक्रिया दिएका थिए ।
अदालतबाट प्रदान गरिने सेवा, उपलब्ध सेवा सुविधाको अवस्था, अदालत र कर्मचारीबाट सेवाग्राही प्रति गरिएको व्यवहार, सेवा प्रवाहमा पक्षपात वा अनियमितता भए, नभएको बिषयमा सेवाग्राहीसंग न्यायाधीश लुइँटेलले छलफल गरेको अदालतका श्रेस्तेदार डिल्लीराम प्रसाईले बताए । उनले सेवाग्राहीको अपेक्षा सम्बोधन हुने गरी कार्य सम्पादन गरिने प्रतिबद्धता जनाए ।
अदालतको रणनीतिक योजना अनुसार न्यायिक प्रक्रियामा नागरिकको पहुँच बढाउन र सेवा प्रवाह अझ जनमैत्री बनाई सेवाप्रवाहमा अझ सुधार ल्याउन कार्यक्रम संचालन गरिएको सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । 
न्यायाधीश भेटघाट कार्यक्रममा मुद्दाका पक्षहरूसँग विचाराधीन मुद्दाको हार जितको सम्बन्धमा छलफल नभई मुद्दाको कामकारवाही, सेवा प्रवाह प्रक्रियामा भएका असन्तुष्टी र गुनासा न्यायाधीशले प्रत्यक्ष सुन्ने गरिएको बताइएको छ । अदालतको सेवाप्रवाहमा कुनै गुनासा वा जानकारी लिनु परेमा अदालतको वेवसाइटमा राखिएको सम्पर्क नम्बरबाट जानकारी लिन सकिने अदालत प्रशासनले जनाएको छ।
कार्यक्रममा ४० जना भन्दा बढी सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार