झापामा चोरी भएका ७ सिटी सफारीसहित चोरीमा संलग्न गिरोह पक्राउ
बिर्तामोड । झापाका विभिन्न स्थानबाट चोरी भएका ७ वटा सिटी सफारी प्रहरीले नियन्त्रणमा लिएको छ । सिटी सफारीसँगै चोरीमा संलग्न ३ जना र व्याट्री खरिदमा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले प्रदेश नं. १–०१–००२ ह १६३०, मे १ ह १०५५, प्रदेश १–०१–००१ ह ५२६, प्रदेश १–१–००२ ह ४९२०, प्रदेश १–०१–००२ ह ३७८४, प्रदेश १–०२–००१ ह ८७१८ र प्रदेश १–०१–००२ ह २१७ नम्बरको सिटी सफारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै चोरीमा संलग्न मेचीनगर नगरपालिका वडा नं. ७ गैरीगाउँ बस्ने वर्ष २२ को अभिषेक चौधरी भन्ने रूपक कुमार सरदार, विर्तामोड नगरपालिका वडा नं. ७ मियाँ बारी बस्ने वर्ष अन्दाजी ३१ को मोहमद सलिम र मेचीनगर नगरपालिका वडा नंं. १० ताराबारी धाईजनढाँट बस्ने अन्दाजी वर्ष ३० को अविशेक उराउलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरीका सिटी सफारीको व्याट्री खरिदमा संलग्न विर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ४३ को नसिम अकतर,
देश भारत बिहार राज्य किसनगन्ज जिल्ला स्थायी वतन भई जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थितमा कोठा भाडा बस्ने बर्ष २० को एमडि जिगर आलम, अर्जुनधार नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ३२ को संजय चौधरी, मेचीनगर नगरपालिका वडा नम्बर ७ इट्टाभट्टा बस्ने वर्ष २० को डिकेश राजवंशी, देश भारत पश्चिम बंगाल पानी टंकी घर भई मेचीनगर १४ चारआली बस्ने बर्ष ३२ को पान बर्म, देश भारत पश्चिम बंगाल बेलङ्गा थाना घर भई मेचिनगर १४ चारआली बस्ने बर्ष ३३ को मो. साबिर मुल्ला र देश भारत पश्चिम बंगाल बरमपुर थाना घर भई मेचीनगर १४ चारआली बस्ने बर्ष ४७ को आख्तरुल शेखलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले सीसी टिभी फुटेजको सहायतामा हुलिया पहिचान गरी चोरीमा संलग्न गिरोहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खडे्काले जानकारी दिइन् ।
चोरी कार्यमा संलग्न १० जना मानिस नियन्त्रणमा लिई मुलुकी फौजदारी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धान गर्न आइतबार जिल्ला अदालत झापाबाट ५ दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।