गौरादहमा बस र टिपर ठोक्किँदा १० जना घाइते
बिर्तामोड । झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचन बजारमा आज बिहान ११:०० बजे यात्रुबाहक बस र टिपर एकआपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन् । दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र.न.२-०३-००१ ख ७१५३ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि बस चालक कृष्ण प्रसाद राजवंशी, यात्रुहरू योगमाया निरौला, कल्पना प्रसाद उराउ, शारदा देवी पौडेल, सलिना खत्री र उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका हुन् । घाइतेमध्ये योगमाया निरौलालाई थप उपचारका लागि निम्स अस्पताल दमक पठाइएको छ भने अन्यको नगर अस्पताल गौरादहमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी महारानीझोडाले टिपर चालक र दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।