२०८३ बैशाख २३ गते , बुधबार
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त
झापा । सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु कुमार श्रेष्ठलाई प्रदान गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई उक्त जिम्मेवारी दिएका हुन् । श्रेष्ठ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।
यसअघिका राजनीतिक नियुक्ति बदर गर्ने अध्यादेश ल्याएसँगै हितेन्द्रदेव शाक्य पनि बर्खास्तीमा परेका छन् । उनको रिक्त पदमा श्रेष्ठलाई प्राधिकरणको जिम्मेवारी दिइएको हो ।