२०८३ बैशाख १७ गते , विहीबार

हात्तीको आक्रमणबाट आमा छोरी घाईते

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख १७ गते , विहीबार
हात्तीको आक्रमणबाट आमा छोरी घाईते

बिर्तामोड झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट आमा छोरी घाइते भएका छन् बुधबार राति अन्दाजी ८ः३० बजे हात्तीको आक्रमणमा परि मेचीनगर बाहुण्डाँगीका सुनिता बज्राचार्य उनकी छोरी यबद्रा बज्राचार्य घाइते भएका हुन्

घरको बरण्डामा बसी रहेको अवस्थामा एउटा हात्तीले ३८ बर्षीया सुनिता १३ बर्षीया यबद्रालाई तानेर केहि परसम्म पुर्याएको थियो दुवै जनाको खुट्टामा गम्भीर असर परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको घाइते दुवै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

सम्बन्धित समाचार