२०८३ बैशाख १६ गते , बुधबार

दलीय भागबण्डा छोडेर खुला प्रतिष्पर्धाबाट राजदूत नियुक्तिको तयारी

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख १६ गते , बुधबार
दलीय भागबण्डा छोडेर खुला प्रतिष्पर्धाबाट राजदूत नियुक्तिको तयारी

बिर्तामोड । नेपाल सरकारले पहिलोपटक दलीय भागबण्डा छोडेर खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने पहल थालेको छ ।
हाल परराष्ट्र मन्त्रालयका अधिकारीहरुमध्येबाट र सत्तारुढ दलहरुको सिफारिसको आधारबाट राजदूत नियुक्ति हुँदै आएको छ । तर, वर्तमान सरकारले विगतको परम्परा तोड्दै खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको पहल थालेको हो ।
परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार त्यसका लागि निश्चित संख्यामा विज्ञापन खुलाइने छ र प्रतिस्पर्धाबाट छानिएकालाई योग्य व्यक्तिलाई राजदूत नियुक्त गरिने छ ।
सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित सहसचिवहरुको एक बैठकमा पनि मन्त्री खनालले केही राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेबारे सोचेको बताएका थिए । तर मन्त्री खनालले कहिले विज्ञापन खुल्छ भनेर ठ्याक्कै मिति भने जानकारी गराएनन् ।
‘बैठकमा मन्त्री खनालले रिक्त पदका लागि विज्ञापन निकाल्ने विषयमा प्रधानमन्त्रीको पनि सहमति लिइसकेको जानकारी गराउनु भयो,’ स्रोतले भन्यो, ‘कुरा सुन्दा छिट्टै विज्ञापन खुलाउने तयारी गरेको बुझ्न सकिन्छ ।’
मन्त्री खनालको सचिवालयका एक सदस्यले भने अर्को हप्ता खुला दरखास्त आह्वान हुनसक्ने जानकारी दिए ।

सम्बन्धित समाचार