२०८३ बैशाख १५ गते , मंगलबार
लाखौं मूल्यको तस्करीको स्याउ बरामद
बिर्तामोड । प्रहरीले झापाबाट लाखौं मूल्यको तस्करीको स्याउ बरामद गरेको छ ।
मङ्गलबार झापाको झापा गाउँपालिका वडा नं.१ सालमारा स्थित जालिम मियाको घरमा नेपालबाट भारततर्फ लैजानका लागि लुकाएर राखिएको स्याउ बरामद गरिएको प्रहरीले जनाएको छ।
बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट खटिएको टोली र इप्रका कुमारखोदबाट खटिएको प्रहरीको संयुक्त टोलीले अवैध रुपमा लुकाई छिपाई राखेको बिल बिजक बिनाको अन्दाजी ८ लाख ४० हजार मूल्य बराबरको १०४ काटुन (२०८० किलो) स्याउ बरामद गरी भन्सार बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।