२०८३ बैशाख १५ गते , मंगलबार
करेन्ट लागेर एक महिलाको मृत्यु
बिर्तामोड । झापाको दमकमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मङ्गलबार बिहान अन्दाजी ९:४५ बजे दमक नगरपालिका ९ अडियामल बस्ने घनश्याम धिमालको श्रीमती बर्ष ३८ की लिलामाया धिमालको मृत्यु भएको हो।
धिमाल आफ्नै घरमा नुहाउनको लागि मोटर अन गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भई निम्स अस्पताल दमक लगेकोमा चिकित्सकले चेक जाँच गर्दा निजको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।