२०८३ बैशाख १४ गते , सोमबार

बिर्तामोडको गन्तव्य डान्सबारमा झगडा हुँदा दुई जना घाइते

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख १४ गते , सोमबार
बिर्तामोडको गन्तव्य डान्सबारमा झगडा हुँदा दुई जना घाइते

बिर्तामोड । झापाको बिर्तामोड २ स्थित एक डान्स बारमा गएराती झगडा हुँदा दुईजना घाइते भएका छन् । यहाँस्थित गन्तव्य डान्सबार एण्ड रेस्टुरेन्टमा झगडा हुँदा मेचीनगर १ बस्ने २० वर्षीय सिद्धार्थ शाही र ३० वर्षीय कर्ण राई घाइते भएका हुन् ।
शाहीको टाउकोमा र राईको अनुहारमा चोट लागेको र  बिएण्डसी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
कुटपिटमा समलग्न मेचीनगर-१२ बस्ने बर्ष २१ को निशान लामा,  बर्ष २२ को प्रसान्त लिम्बु, भद्रपुर -८ बस्ने बर्ष २२ को नित्य राजवंशीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । अर्का अभियुक्त अर्जुनधाराका २० वर्षीय लाक्पा तामाङ रारार भएको र खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सम्बन्धित समाचार