२०८३ बैशाख ९ गते , बुधबार
गिरीबन्धु चिया बगानबाट तीन जना लागूऔषध कारोबारी पक्राउ
बिर्तामोड । झापाको अर्जुनधारा-११ स्थित गिरीबन्धु चिया बगानबाट लागूऔषध कारोबारी पक्राउ परेका छन् ।
बुधबार बिहान ४ बजे लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागूऔषध व्युरो काकरभिट्टा, अस्थायी प्रहरी पोष्ट बसपार्क र इप्रका अनारमनीबाट खटिएको संयुक्त टोलीले अर्जुनधारा नगरपालिका ११ बस्ने बर्ष २५ को संजोग राई, बर्ष २५ को रुपेश दर्जी र बर्ष ३७ को अमृत दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनीहरुको साथबाट खैरो हेरोइन जस्तो देखिने वस्तु २७ ग्राम ८३० मिलिग्राम र बा ४० प ३९९४ नं.को मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।