२०८३ बैशाख ८ गते , मंगलबार

अष्टजाममा दुई समूह बीच झडप हुँदा एक जना घाइते

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख ८ गते , मंगलबार
अष्टजाममा दुई समूह बीच झडप हुँदा एक जना घाइते

बिर्तामोड । झापाको भद्रपुर नगरपालिका ४ मन्त्री चोकमा आयोजित राधाकृष्णको अष्टजाममा दुई समूहबीच झडप भएको छ । झडपका कारण एक जना घाइते भएका छन् ।
गएराति अन्दाजी ९ः३० बजे अष्टजाम हेर्न जाँदा दुई समूहबीच झैझगडा भई कुटपिट हुँदा कचनकवल ४ बस्ने १७ वर्षीय बिक्रम माझी घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । टाउको र कानमा चोट लागेका माझीको अवस्था मध्यम रहेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएर कुटपिटमा संलग्न चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर ७ बोक्तोबारी बस्ने बर्ष १८ का आदित्य सहनी , सोही ठाउँ बस्ने बर्ष १९ का रोमन मिस्त्री, बर्ष १८ का विवेक राजबंशी र वडा नम्बर ६ फुटानीचोक बस्ने बर्ष १८ प्रल्हाद राजबंशी रहेका छन् ।

सम्बन्धित समाचार