२०८३ बैशाख ४ गते , शुक्रबार

पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न अदालतको आदेश

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख ३ गते , विहीबार
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न अदालतको आदेश

झापा सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको

खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल श्रीकान्त पौडेलको इजलासले रिहाको आदेश गरेको हो

विदेश जान भने उनले सम्बन्धित अदालतबाट अनुमति लिनुपर्ने आदेशमा उल्लेख

निवेदकलाई हिरासतमा राख्दा उचित विधि प्रक्रिया पूरा गरेको देखिएन,’ आदेशमा भनिएको , ‘निजको पक्राउ पुर्जी म्याद थप कानुनसंगत देखिँदैन निज माथिको दाबीको कसूरको अनुसन्धान हिरासत बाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनु निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ

आदेशको पूर्णपाठ तयार गर्न समय लाग्ने भएकोले संक्षिप्त आदेश जारी गरिदिएको पनि सर्वोच्चले आदेशमा उल्लेख गरेको

खड्का गत चैत १५ गते पक्राउ परेका थिए सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो  

सम्बन्धित समाचार