२०८३ बैशाख ३ गते , विहीबार

दुर्घटना गराई फरार चालक आफैं दुर्घटनामा परी घाइते

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख १ गते , मंगलबार
दुर्घटना गराई फरार चालक आफैं दुर्घटनामा परी घाइते

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिकामा दुर्घटना गराएर फरार मोटरसाइकल चालक दुर्घटना भएको अवस्थामा फेला परेका छन् । गौरिगन्ज गाउँपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय सुरज कुमार सिंह गनगाई घाइते अवस्थामा फेला परेका हुन् ।
आज दिउँसो अन्दाजी ४:३० बजे गौरीगंज गाउँपालिका वडा नम्बर ५ डाँगीटोला स्थित फत्तेपुर-डाँगीटोला भित्री सडक खण्डमा पुर्व फत्तेपुरबाट पश्चिम डाँगीटोलातर्फ जादै गरेको सुरजले चलाएको प्र१-०१-०१२प२०८२ नम्वरको मोटरसाइकलले बिपरित दिशाबाट जादैँ गरेको साईकलयात्री  स्थानीय उपेन्द्र सिंहको छोरा वर्ष अन्दाजी १३ को  सरोज सिंह गनगाईलाई ठक्कर दिई भाग्ने क्रममा आफै दुरघटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बालक र मोटरसाइकल चालक दुवैलाई  न्युरो अस्पताल विराटनगर  पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार