२०८३ बैशाख ३ गते , विहीबार
चिप्स फ्याक्ट्री र काष्ठ फर्निचरमा आगलागी
बिर्तामोड । झापाको बिर्तामोड–४ आनन्दगंजस्थित दुईवटा उद्योगमा आगलागी भएको छ । भक्तिप्रसाद उप्रेतीले संचालन गरेको झापाली चिप्स फ्याक्ट्री र चन्द्रप्रसाद खरेलले संचालन गरेको सौगात काष्ठ फर्निचरमा आगलागी भएको हो ।
आज बिहान ४:१५ बजेतिर भएको आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोली, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको टोली, बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाको दमकल तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।