२०८२ चैत्र २४ गते , मंगलबार

नयाँ लाइसेन्स अब २४ घण्टा भित्र छापिने, पुरानो आउने असारभित्र

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २३ गते , सोमबार
नयाँ लाइसेन्स अब २४ घण्टा भित्र छापिने, पुरानो आउने असारभित्र

बिर्तामोड नेपाल सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न नयाँ तथा प्रभावकारी व्यवस्था लागु गरेको

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा अबदेखि नयाँ लाइसेन्सका लागि प्रक्रिया पूरा भएको २४ घण्टाभित्रै कार्ड छापिने भएको हो

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार यातायात व्यवस्था विभागबाट डाटा प्राप्त हुनासाथ सुरक्षण मुद्रण केन्द्रले २४ घण्टाभित्र कार्ड छपाइ गरी विभागलाई उपलब्ध गराउनेछ यो व्यवस्था भए अब नयाँ आवेदकहरूले लाइसेन्स कार्डका लागि लामो समय कुर्नुपर्दैन झन्झटबाट मुक्ति पाउनेछन्

साथै लामो समयदेखि छाप्न बाँकी रहेका करिब २१ लाख पुराना लाइसेन्सहरू पनि आगामी असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको मन्त्री तिमिल्सिनाले भनेका छन्, ‘हाल छपाई गर्न बाँकी रहेका करिब २१ लाख अनुमतिपत्र २०८३ साल असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराइनेछ

सम्बन्धित समाचार