२०८२ चैत्र २४ गते , मंगलबार

बिर्तामोडमा एकै दिन ५५ वटा तीन पाङ्ग्रे सवारी कारबाहीमा

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २३ गते , सोमबार
बिर्तामोडमा एकै दिन ५५ वटा तीन पाङ्ग्रे सवारी कारबाहीमा

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले एकै दिन ठूलो सङ्ख्यामा तीन पाङ्ग्रे सवारी साधनलाई कारबाही गरेको छ। प्रहरीले सोमबार ५५ वटा सवारी साधनलाई कारबाही गरेको हो ।
चालक अनुमति पत्र नभएको साथै सवारी साधनका कागजात अपडेट नभएका सवारी साधन र चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । राईका अनुसार पक्राउ परेका सवारी साधनलाई जरिवानाबापत  पाँच सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म राजस्व जम्मा गराएर छाडिएको छ । 

सम्बन्धित समाचार