२०८२ चैत्र २४ गते , मंगलबार

कार्यालय समय परिवर्तनदेखि अन्य केके छन् सरकारका निर्णय ?

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २२ गते , आईतबार
कार्यालय समय परिवर्तनदेखि अन्य केके छन् सरकारका निर्णय ?

बिर्तामोड सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार दिउँसो बजेबाट मन्त्रिपरिषद् बैठक बसेको थियो उक्त बैठक केहीबेर अघि सकिएको

बैठकले विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्नेदेखि शनिबार आइतबार बिदा दिने लगायतका विभिन्न निर्णयहरू गरेको

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमशः एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने

दिगो समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने

नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने

पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार आइतबार बिदा दिने

शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय देखि बजे कायम गर्ने

डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने

आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने

सम्बन्धित समाचार