२०८२ चैत्र २४ गते , मंगलबार

झापाका ५ जना शिक्षक सम्मानित

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २२ गते , आईतबार
झापाका ५ जना शिक्षक सम्मानित

बिर्तामोड नेपाल राष्ट्रिय शिक्षक संगठन झापा जिल्ला समितिले आज ४५ औं परिषद् बैठक तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको

शान्ति आदर्श मावि शान्तिनगरका सोमनाथ पौडेल, दुर्गा मावि बिर्तामोडका लेखनाथ सुवेदी, बालसेवा आधारभूत विद्यालय शिवसताक्षीका बेनुप्रसाद कार्की, जनता मावि कचनकवलका टिकाराम गुरुङ मङ्गलमय मावि कमलका मोहन बगालेलाई सम्मान गरिएको हो शैक्षिक तथा सांगठनिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो  

सोहि कार्यक्रमका बिच तीनजना शिक्षकलाई विशेष सम्मानद्वारा विभूषित गरिएको थियो विभूषित हुनेहरूमा अर्जुनधाराबाट यज्ञ प्रसाद सिटौला, कन्काईबाट जनार्दन पोखरेल गौरादहबाट खगेन्द्र सुवेदी रहेका छन्

संगठनका केन्द्रीय महासचिव प्रकाश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा संगठनका झापा जिल्ला सचिव उमनाथ भण्डारीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए यसैगरी कोषाध्यक्षको प्रतिवेदन महिला विभाग संयोजक तीर्था कोइरालाले महिला विभागको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् प्रस्तुत तीनैवटा प्रतिवेदनलाई परिषद बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो

संगठनका झापा जिल्ला अध्यक्ष लम्बोदर पौडेलको अध्यक्षतामा भएको उक्त समारोहमा झापाका १५ वटै पालिकाबाट संगठनको पालिका स्तरीय सिफारिसमा २३ जना शिक्षकलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो भने सेवा निवृत्त भएका ५६ जना शिक्षकहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो

 

यसैगरी संगठनको क्रियाकलाप कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गरेका मेचीनगर दमक कन्काइ नगरपालिका समितिलाई समेत उत्कृष्ट पालिका घोषणा गर्दै सम्मान गरिएको

नेपाल राष्ट्रिय शिक्षक संगठन को जिल्ला कार्यालय बिर्तामोडमा आयोजित उक्त परिषद् बैठक तथा शिक्षक सम्मान समारोह मा प्रमुख अतिथि प्रकाश खनाल अभिनन्दित शिक्षकहरूको तर्फबाट भीमबहादुर कार्की लगायतले मन्तव्य राखेका थिए कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरू द्रोणबहादुर श्रेष्ठ तारा विश्वकर्मा, पूर्व नेतृत्व तथा शिक्षक नेताहरू नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई, शिक्षक हित साकोसका अध्यक्ष हरि तिम्सिना, पूर्व अध्यक्ष नारायण प्रसाद गौतम, कृष्ण अधिकारी लगायत दुईसय बढी शिक्षकहरूको सहभागिता रहेको थियो संगठनका जिल्ला उपाध्यक्ष नवीन ढुङ्गानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उमानाथ भण्डारीले गरेका थिए

सम्बन्धित समाचार