२०८२ चैत्र ५ गते , विहीबार

श्रम संस्कृति पार्टीको ५० प्रतिशत समानुपातिक सांसद सुनसरीका

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १ गते , आईतबार
श्रम संस्कृति पार्टीको ५० प्रतिशत समानुपातिक सांसद सुनसरीका

बिर्तामोड । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ ।
धरानमा आज बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम टुंगो लगाएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए । बैठकले टुंगो लगाएको नाम आयोगमा पठाइने उनले बताए ।
श्रम संस्कृति पार्टीले समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू (पुरुष), मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम टुंगो लगाएको हो ।

सम्बन्धित समाचार