ट्याक्टरसंग मोटरसाइकल ठोक्किदा अर्जुनधाराका प्रबिण आङदेम्बेको मृत्यु
बिर्तामोड । झापाको बुधबारे नजिकै भएको दुर्घटनामा परी घाइते अर्जुनधाराका एक युवाको मृत्यु भएको छ । आईतबार बेलुका भएको दुर्घटनामा परी अर्जुनधारा नगरपालिका ६ का ३५ वर्षीय प्रबिण आङदेम्बेको मृत्यु भएको हो ।
हिजो बेलुका अन्दाजी ८:३० बजेको समयमा जिल्ला झापा बुद्धशान्ति गाउँपालिका वडा न. २ ईन्द्रेणी चोक स्थित भित्री सडकखण्डमा बुधबारेबाट जयपुर तर्फ जादै गरेको प्र.१-०१-०१७ प ३५१४ नम्बरको मोटरसाइकल बाटोमा रोकी राखेको मे १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडी डालामा ठोकी दुर्घटना हुँदा मोटरसाइकल चालक आङदेम्बे गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा विएण्डसी अस्पतालमा आज दिउँसो २:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मोटरसाइकल पछाडी सवार पाँचथर फाल्गुनन्द गाउँपालिका ७ घर भई हाल बिर्तामोड नगरपालिका १ बस्ने बर्ष ४८ को हरी आङदेम्बे समेत घाइते भएको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल, ट्याक्टर र ट्याकटर चालक झापा मेचीनगर-२ बस्ने बर्ष ४० को बिरबहादुर बिश्वकर्मा इलाका प्रहरी कार्यालय धुलाबारी झापाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।