२०८२ माघ २८ गते , बुधबार

विशाल गोयल मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्ष चयन

sajilo news
परिवेश मिडिया
२०८२ माघ २६ गते , सोमबार
विशाल गोयल मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्ष चयन

बिर्तामोड मारवाडी युवा मञ्च बिर्तामोडको साधारण सभा सम्पन्न भएको मारवाडी युवा मञ्चका अध्यक्ष ऋषभ मित्तलको अध्यक्षतामा भएको कार्यक्रममा आज भएको अधिवेशनले विशाल गोयलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको

समितिको वरिष्ठ उपाध्यक्षमा पवन शर्मा, उपाध्यक्षमा रवि शर्मा, महासचिवमा मनीष पोद्दार, कोषाध्यक्षमा अंकित अग्रवाल, सचिवमा सेन्की अग्रवाल, सहसचिवमा सुभित अग्रवाल, सहकोषाध्यक्षमा रौनक अग्रवाल, जनसम्पर्क अधिकारीमा कृष्ण अग्रवाल चयन भएका छन् सदस्यहरूमा राहुल अग्रवाल, सञ्जय अग्रवाल, अनमोल अग्रवाल, सुरज केडिया, मनोज गोयल, नितिन अग्रवाल, रमन गोयल, शारिक अग्रवाल आशिष सोनी सर्वसम्मत रूपमा चयन भएका छन् समितिको कार्यकाल दुई वर्षको रहनेछ

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय कोषाध्यक्ष यज्ञराज अग्रवाल, संगठनका क्षेत्रीय सभापति दीपक मित्तल, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष विजय गोयल, सचिव गौरीशंकर गुप्ता, मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व अध्यक्ष रौनक बन्सल साथै मनोज बजाज, दीपक मित्तल, पंकज मित्तल, टेकेन्द्र अग्रवालको उपस्थिति रहेको थियो

कार्यक्रमका प्रमुख निर्वाचन अधिकृत यज्ञराज अग्रवाल तथा सहायक निर्वाचन आयुक्त पंकज मित्तल मनोज बजाजले नयाँ कार्यसमितिको औपचारिक घोषणा गरेका थिए

मारवाडी युवा मञ्च बिर्तामोड स्थानीय मारवाडी युवाहरूलाई एकत्रित गर्ने, उनीहरूको नेतृत्व विकास सामाजिक तथा सांस्कृतिक गतिविधिमा संलग्न गराउने उद्देश्यले स्थापित संस्था हो विगतका वर्षहरूमा मञ्चले विभिन्न सामाजिक सेवा, सांस्कृतिक कार्यक्रम युवा सशक्तिकरणका अभियानहरू सञ्चालन गर्दै आएको

मारवाडी युवा मञ्च बिर्तामोडले आगामी दिनहरूमा युवाहरूलाई उद्यमशीलता, शिक्षा सामाजिक उत्तरदायित्वतर्फ सक्रिय गराउने कार्यक्रमहरू संचालन गर्ने योजना बनाएको निर्वाचित अध्यक्ष विशाल गोयलले बताए  

सम्बन्धित समाचार