२०८३ बैशाख १८ गते , शुक्रबार

माटोको ढिस्कोले पुरिएर एनसेलका कर्मचारीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ माघ २३ गते , शुक्रबार
माटोको ढिस्कोले पुरिएर एनसेलका कर्मचारीको मृत्यु

बिर्तामोड झापाको शिवसताक्षीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको धनगढीमाई नगरपालिका का रमेश कुमार यादवको मृत्यु भएको हो

शुक्रबार दिउँसो अन्दाजी २ः१० बजे शिवसताक्षी नगरपालिका ११ स्थित सतासी खोलाको शाखा कल्बर्टमा फाइबर जडानका लागि बनाएको जमिन मुनिको खाल्डोमा काम गरिरहेका यादव एक्कासी ढिस्कोले पुरिएर घाइते भएका थिए घाइते यादवलाई स्थानीयले उद्धार गरि उपचारका लागि दमक अस्पताल पठाएकोमा ३ः३५ बजे चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको  

सम्बन्धित समाचार