२०८३ बैशाख १८ गते , शुक्रबार

झापा महोत्सव बन्द गर्नुको के हो वास्तविकता ? सम्बन्धित निकायको यस्तो छ भनाई

sajilo news
परिवेश मिडिया
२०८२ माघ १७ गते , शनिबार
झापा महोत्सव बन्द गर्नुको के हो वास्तविकता ? सम्बन्धित निकायको यस्तो छ भनाई

बिर्तामोड झापाको भद्रपुरस्थित मेची रंगशालामा झापा उद्योग वाणिज्य संघले आयोजना गरेको झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव समय अगावै बन्द गर्नु परेको आयोजकले जनाएको माघ देखि २२ गतेसम्म आयोजना गर्ने भनेर शुरु गरिएको महोत्सव प्रहरीले असहयोग गरेको आरोप लगाउँदै आयोजकले शुक्रबारदेखि बन्द गरेको जनाएको हो

आयोजक समितिले पत्रकार सम्मेलन गरेर आयोजक संस्थाका कार्यवहाक अध्यक्ष राजकुमार राईले प्रशासनले अनुमति दिँदाका कुनै समय नतोकि महोत्सव सञ्चालनका लागि अनुमति दिएको तर माघ १३ गते एकाएक बेलुका बजे  आयोजकको ध्यानाकर्षण पश्चात त्यसको भोलिपल्ट बेलुका बजेसम्म मात्र महोत्सव सञ्चालन गर्न भन्दै पत्राचार गरेको भन्दै असन्तुष्टि जनाएका थिए उनले पत्रकारसम्मेलनमा नयाँ प्रहरी उपरीक्षकले कमाण्ड सम्हालेको दिनदेखि नै महोत्सवप्रति प्रशासन प्रहरीको तर्फबाट महोत्सवलाई हेर्ने दृष्टिकोण सकारात्मक नबनेको लिखित मन्तव्य राखेका थिए उनले भनेका थिए, ‘कलाकारहरुले प्रस्तुति गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्दै गरेको बिषयलाई लिएर प्रहरीले साउण्ड सिस्टमको प्लग तानिदिने, पिङमा चढ्दै गरेको सर्वसाधारणलाई झार्ने, आयोजकलाई विभिन्न किसिमका प्रताडना दिनेजस्ता क्रियाकलापका कारण महोत्सवलाई नै सुरक्षा प्रदान गर्नु पर्ने प्रहरी प्रशासनबाटै त्रासका बिच महोत्सव गर्न चुनौति देखा परेको

दुई हप्ताका लागि अनुमति लिएर आयोजना गरिएको मेला प्रहरी प्रशासनको असहयोगका कारण देखाउँदै आयोजकले बन्द गर्ने निर्णय गरेपछि हामीले वास्तविकता बारे बुझ्ने प्रयत्न गरेका छौँ

प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई महोत्सवलाई प्रशासनले असहयोग गरेको हो ? भन्ने परिवेश मिडियाको प्रश्नमा यस्तो जवाफ दिए : 

हामीले असहयोग केहि पनि गरेका छैनौँ, बजेसम्म उहाँहरुलाई अनुमति दिएको हो उहाँहरुले चाँहि बजेपछाडि पनि चलाउन खोज्नु भएको थियो कि के थियो हामीले चाँहि बजेसम्म चलाउन दिएका हौँ अनुमति भन्दा बाहिर गएर राति अबेरसम्म चलाउन पाइएन नी शुरुमा अन्त तिर जस्तै अण्डस्ट्याण्डिङ गरिएको हो, हामीले अन्ततिर जस्तै महोत्सव बजेपछि बन्द गर्नुपर्छ भनेर मौखिक रुपमा पनि भनेका हौँ त्यसमा थोरै समय त्यहाँ खटिएका प्रहरीसँग समन्वय गरेर थप चलाउने कुरा हुन्छ तर साउण्ड पलुसनको बिषयमा त्यहाँका छरछिमेकीबाट गुनासाहरु आइसकेपछि त्यसलाई न्यूनीकरण गर्नुस भन्ने कुरापनि हो त्यसपछि समय तोकेरै हामीले पत्र पठाएका हौँ

यसै बिषयमा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कासँग कुरा गर्दा उनको भनाई यस्तो छ : 

आउने समय आचार संहिता लाग्ने समय एउटै भइदियो मेलामहोत्सवलाई अनुमति दिने कुरा हामीले होइन उहाँहरुले मेला लगाइराखेको अवस्था अहिले समय फेरबदल भएको अवस्थालाई पनि रियलाइज गर्नु पर्छ पछि आयोजकको आग्रहमा प्रशासनले समय बजेबाट बजेसम्म बनाइदिनु भएको रहेछ प्रहरी कार्यालयमा उहाँहरु पनि आएर कुरा गर्नु भएको हो, उहाँहरु आएको बेलामा पनि त्यो पछाडीको माइकको आवाजले एकदम डिस्टर्ब भएको फिल उहाँहरुलेपनि गर्नु भएको थियो, रातिचाँहि भल्युम अलि कम गरिदिनुहोला भनेर भनेको हो प्रहरीले साउण्ड सिस्टमको तार नै थुतेको भन्ने भनाई बाहिर आए जस्तो होइन, यदि त्यस्तो भएको भए सबैको हात हातमा मोबाइल हुन्छ प्रमाण होला हामीले अनुमति दिने होइन, समय सीमा निर्धारण गर्ने पनि होइन, हामीले सुरक्षा दिने हो, प्रशासनले दिएको अनुमतिका आधारमा रहेर काम गर्नुस भनेर भनेका हौँ

झापा उद्योग वाणिज्य संघका महासचिव सुमन मैनालीले महोत्सव सञ्चालन गर्नु अघि सम्बन्धित निकाय, संघसंस्था तथा स्थानीय क्लबहरुको परामर्श लिएको बताए महोत्सव नचलाउँदा लाखौँ घाटा व्यहोर्नु परेको उनको भनाई

यद्यपी एक स्थानीयले महोत्सव ढिलो समयसम्म चर्को आवाजमा सञ्चालन गर्दा अत्यन्तै डिस्टर्व भएको गुनासो गरे महोत्सवमा अवलोकनकर्ताको संख्या न्यून हुँदा सञ्चालनमा समस्या हुने देखेर प्रहरी प्रशासनलाई आयोजकले दोष थोपरेको हुनसक्ने एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा बताए  

सम्बन्धित समाचार