२०८३ बैशाख १८ गते , शुक्रबार
४८ जना एसपीको सरुवा, झापामा वसुन्धरा खड्का आउने
झापा । गृह मन्त्रालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा जिल्ला प्रहरी कार्यालय झापामा बसुन्धरा खड्का आउने भएकी छन् । उनी बाग्मती प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा हेटौडाबाट झापा आउन लागेकी हुन ।
यहां कार्यरत एसपी राजन लिम्बूको मानव बेचबिखन अनुसन्धान व्यूरो अनुसन्धान व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भएको छ ।