२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ माघ ३ गते , शनिबार
बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी भद्रपुर-७ बस्ने ३६ वर्षीय सुधिर निरौलाको मृत्यु भएको हो ।
शुक्रबार साँझ अन्दाजी ८:१५ बजे बिर्तामोड-८ स्थित हर्चना टोलमा निरौलाले कुदाएको प्र१-०१-०१४ प ५११९ नम्बरको मोटराइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा निरौला गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि बिर्तामोड स्थित बिर्ता सिटी अस्पताल लगिएकोमा उपचारको क्रममा ९:१५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार