२०८३ बैशाख १८ गते , शुक्रबार

मेचीनगरका २७ जनाले लिए ‘समुदाय विपद् स्वयंसेवक तालिम’

sajilo news
परिवेश मिडिया
२०८२ पौष ३० गते , बुधबार
मेचीनगरका २७ जनाले लिए ‘समुदाय विपद् स्वयंसेवक तालिम’

बिर्तामोड झापाको मेचीनगर नगरपालिकाका १७ जनाले लिए समुदाय विपद् स्वयंसेवक तालिम लिएका छन् सशस्त्र प्रहरी बल नेपाल नं.  गण हेडक्वाटर झापाको आयोजनामा उनीहरुले सो तालिम लिएका हुन्

मेचीनगर नगरपालिकाका नगर प्रहरी १५ जना, विभिन्न वडाका ११ जना दमकल चालक जनालाई उक्त तालिम दिइएको सशस्त्र प्रहरी बल, नेपाल नं.  गण हेक्वा झापाका सुचना अधिकारी डीएसपी रोहितबहादुर घिमिरेले जानकारी दिए तालिममा जना महिलासमेत सहभागी भएको प्रहरीले जनाएको  

पुष गतेबाट १८ दिनसम्म सञ्चालित उक्त तालिम बुधबार सम्पन्न भएको हो

प्रशिक्षार्थीहरुलाई जल उत्पन्न प्रकोपमा गरिने उद्वार, भत्केको संरचनामा गरिने खोज तथा उद्वार, आगलागी नियन्त्रण, सवारी दुर्घटनामा गरिने उद्वार लगायत बिभिन्न प्रकारका बिपद्मा गरिने उद्वार सम्बन्धी सैद्धान्तिक एवम् ब्यवहारीक ज्ञान प्रदान गरिएको थियो समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले आगलागी नियन्त्रण सम्बन्धी प्रर्दशनीसमेत गरेका थिए

समापन कार्यक्रममा प्रमुख अतिथि झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष शिवराम गेलालले यस क्षेत्रमा विभिन्न प्रकारका प्राकृतिक तथा मानव सिर्जित विपद्को जोखिम उच्च रहेकोले त्यस्ता चुनौतीहरूलाई सामना गर्न समुदाय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्नु एक महत्वपुर्ण उपलब्धी भएको बताउँदै प्रशिक्षार्थीहरुले समुदाय स्तरमा बिपद्को समयमा तालिममा सिकेको ब्यवहारिक एवम् सैद्धान्तिक ज्ञानलाई प्रयोग गरि क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे

विशिष्ट अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं.  बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले यस किसिमको तालिमले बिपद् व्यवस्थापनको लागि सरोकारवाला निकायहरु परिचालित भएको अवस्थामा आवश्यक समन्वय सहकार्य गर्न, परिचालनलाई अझ प्रभावकारी ढंगले ब्यवस्थित गर्न सकिने तथा बिपद्बाट हुन सक्ने क्षति कम सहयोग पुग्ने विश्वास व्यक्त गरे

सम्बन्धित समाचार