२०८३ बैशाख १८ गते , शुक्रबार
डोमालाल रङ्गशालामा भाक्का दिवसको कार्यक्रम रद्द गर्न प्रशासनको पत्र
बिर्तामोड । झापाको बिर्तामोड-३ स्थित डोमालाल रङ्गशालामा भोलि (पुस २९) आयोजना गर्न लागिएको नवौं भाक्का दिवसको कार्यक्रम रद्द गर्न जिल्ला प्रशासन कार्यालय झापाले पत्राचार गरेको छ ।
राजवंशी समाज विकास समितिको नाममा गर्न लागिएको उक्त कार्यक्रम रद्द गर्न प्रशासनले पत्राचार गरेको हो । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले समितिको आन्तरिक विवादका कारण उक्त कार्यक्रम सञ्चालन रद्द गरिएको जनाएका छन् । उनले जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गर्दै उक्त जानकारी गराएका हुन् ।
राजवंशी विकास समिति भित्र लामो समयदेखि आधिकारिकता विवाद चल्दै आएको छ ।
.jpg)