२०८३ बैशाख १८ गते , शुक्रबार
वर्ल्डलिंकका कर्मचारीलाई ट्राफिक सम्बन्धि सचेतनामूलक तालिम
बिर्तामोड । वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड बिर्तामोडका कर्मचारीहरुलाई ट्राफिक सचेतना सम्बन्धि तालिम दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले सचेतनामूलक तालिम दिएका हुन् ।
नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले कार्यक्षेत्रमा सुरक्षित रहेर काम गर्न सहज होस भन्ने उद्धेश्यले आफ्ना कर्मचारीलाई ट्राफिक सम्बन्धि सचेतनामूलक तालिम दिइएको कम्पनीका बिर्तामोड शाखा प्रबन्धक प्रेम घिमिरेले जानकारी दिए । झापा ट्राफिक प्रमुख राईले उनीहरुलाई विभिन्न ट्राफिक नियम सम्बन्धि जानकारी गराएका थिए ।
कार्यक्रमबाट आफ्नो कार्यक्षेत्रमा कसरी सुरक्षित भएर काम गर्ने बारे जानकारी पाएको एक सहभागीले बताए । वर्ल्डलिंकको बिर्तामोड शाखा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको बताइएको छ ।