२०८३ बैशाख १८ गते , शुक्रबार

भद्रपुरका लागूऔषध कारोबारी बिर्तामोडबाट पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ पौष २६ गते , शनिबार
भद्रपुरका लागूऔषध कारोबारी बिर्तामोडबाट पक्राउ

बिर्तामोड भद्रपुरका दुई लागूऔषध कारोबारी बिर्तामोडमा पक्राउ परेका छन् ठूलो परिमाणमा लागूऔषधसहित भद्रपुर पाण्डे चोक बस्ने बर्ष २५ का निरोज लिम्बू भद्रपुर पृथ्वीनगर बस्ने बर्ष २६ का सागर प्रधान पक्राउ परेका हुन्

उनीहरुलाई शुक्रबार साँझ ७ः४० बजे बिर्तामोड मुनाल टोलबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी निरीक्षक प्रविण श्रेष्ठ लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो उनीहरुको साथबाट प्लास्टिकसहित ४६ ग्राम (प्लास्टिकबाहेक ४१ ग्राम, ५८०) मिलिग्राम ब्राउनसुगरसहित स्क्रिन टच मोवाइल थान, किप्याडवाला मोवाइल थान प्र.०१०१५ ३४२७ नम्बरको स्कुटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको पक्राउ परेका लिम्बू प्रधानलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको

सम्बन्धित समाचार