२०८३ बैशाख १८ गते , शुक्रबार

होटल निर्माणमा खटिएका कामदारको लडेर मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ पौष २५ गते , शुक्रबार
होटल निर्माणमा खटिएका कामदारको लडेर मृत्यु

बिर्तामोड । झापाको धुलाबारीमा निर्माणाधीन होटलमा कामदारको लडेर मृत्यु भएको छ । मेचीनगर १० धुलाबारीमा निर्माणाधीन होटलमा ईष्टनमा कार्यरत मजदुरको लडेर मृत्यु भएको हो ।
न्यु ईन्फ्रा हेवन कम्पनी लिमिटेडले बनाउदै गरेको ईष्टन होटलको चौथो तलामा फलामको पाईप सार्ने क्रममा शुक्रबार साँझ ६:३० बजे सप्तरी खडक नगरपालिका-१ सिसुवाबेल्हि बस्ने बर्ष अन्दाजी २१ को नरेश कुमार मण्डल अचानक भुईमा खस्दा शरिरको बिभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका थिए । उनलाई  तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी झापा पठाएकोमा ७:०० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  ।घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको र शव सोही अस्पतालमा रहेको । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

सम्बन्धित समाचार