२०८३ बैशाख १८ गते , शुक्रबार

प्रेस क्लब भद्रपुर अध्यक्षमा शंकर, महासचिवमा नेपाल

sajilo news
परिवेश मिडिया
२०८२ पौष २४ गते , विहीबार
प्रेस क्लब भद्रपुर अध्यक्षमा शंकर, महासचिवमा नेपाल

बिर्तामोड । प्रेस क्लब भद्रपुरको ९ सदस्यीय कार्यसमिति चयन भएको छ। राजबाबु शङ्करको अध्यक्षतामा समिति चयन भएको हो।
समितिको उपाध्यक्षमा रोहित काफ्ले, महासचिवमा भेषराज नेपाल (राजन) चयन भएका छन्।
त्यस्तै सचिवमा द्रोण अधिकारी र कोषाध्यक्षमा ईसा प्रधान चयन भएका छन् ।
नितेश सिंह, सन्तोष शर्मा, लोकबहादुर कुँवर र सुनिता अधिकारी सदस्यमा चयन भएका छन् ।
महासचिव पद बाहेक अन्य पदहरू सर्वसम्मत चयन भएका थिए । महासचिवका लागि आज निर्वाचन भएको थियो । नेपालले निवर्तमान महासचिव डिल्लीरमण नेपाललाई पराजित गर्दै महासचिवमा निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार