२०८३ बैशाख १८ गते , शुक्रबार

गोमेन्द्र बिर्ता मोडेलका संस्थापक खनालको निधन

sajilo news
परिवेश मिडिया
२०८२ पौष २४ गते , विहीबार
गोमेन्द्र बिर्ता मोडेलका संस्थापक खनालको निधन

बिर्तामोड । गोमेन्द्र विर्ता मोडेलका संस्थापक गणेशप्रसाद खनालको निधन भएको छ । खनालको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।
सरकारी सेवाबाट निवृत्त भएका खनालले शिक्षा क्षेत्रमा योगदान गर्ने उद्धेश्यले २०५३ सालमा बिर्तामोडमा गोमेन्द्र बिर्ता मोडेल विद्यालय शुरू गरेका थिए ।
स्वर्गीय खनालका एक श्रीमती, तीन छोरा, तीन नाती र तीन नातिनीहरू रहेका छन् । जेठा छोरा दीपक अष्ट्रेलियामा कलेज सञ्चालन गर्छन् भने माइला छोरा  डा. रूपक गोमेन्द्र महाविद्यालय र कान्छा छोरा उत्तम गोमेन्द्र बिर्ता मोडेल सञ्चालन गर्दै आएका छन् ।
स्वर्गीय खनालको पार्थिव शरीर शुक्रबार ११ बजे कनकाईमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।  

सम्बन्धित समाचार