२०८३ बैशाख १८ गते , शुक्रबार
बुद्धशान्तिमा भेटियो मृत हात्ती
बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका–३ (साविक वडा नं. ८) डाँडा गाउँमा एक हात्ती मृत फेला परेको छ । मंगलबार विहान उक्त हात्ती मृत भेटिएको हो ।
आदर्श सामुदायिक वन नजिकै खेतमा उक्त भाले हात्ती मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार र वनका कर्मचारी घटनास्थलमा पुगिसकेको र कानुनी प्रक्रियाको काम भइरहेको छ ।