२०८३ बैशाख १८ गते , शुक्रबार

चिसो बढेसँगै ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

sajilo news
परिवेश मिडिया
२०८२ पौष २० गते , आईतबार
चिसो बढेसँगै ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

बिर्तामोड देशभर चिसो थप बढेको पुस महिना लागेपछि नै तापक्रम घट्न थालेकोमा मध्यपुसयता थप घट्दै गएको सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस मुस्ताङको जोमसोममा माइनस ४.५ डिग्री सेल्सियस रहेको त्यहाँ खोलाको पानी समेत जमेको अरू ठाउँमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

काठमाण्डौ उपत्यकामा हिजो न्यूनतम तापक्रम ४.५ डिग्रीमा झर्यो विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार तराई क्षेत्रमा हुस्सु, कुहिरो कायमै यो क्रम अझै केही दिन निरन्तर रहन सक्ने सम्भावना आज बिहान पनि तराईका धेरैजसो भागमा हुस्सु तथा कुहिरो लागेको

विशेषगरी तराईमा बाक्लो हुस्सुले जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायात प्रभावित हुँदै आएको आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह आज कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकरदुई ठाँउमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको अहिले देशभर पश्चिमी वायुको प्रभाव रहेको

यसैबीच ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा हिजो बेलुकादेखि हिमपात भएको हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको हिजो दिउँसो सदरमुकाम फुङ्लिङसहितका ठाउँमा छिटपुट वर्षा समेत भएको थियो  

सम्बन्धित समाचार