२०८३ बैशाख १८ गते , शुक्रबार
सवारी दुर्घटनाका घाइते अर्जुनधाराका बुद्ध तामाङको मृत्यु
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित दास पुल नजिकै दुर्घटनामा परी घाइते भएका अर्जुनधारा-६ का बुद्ध तामाङको उपचारको क्रममा मृत्यु भएको छ।
पुस ९ गते राति अन्दाजी १०:३० बजे शनिश्चरे-बिर्तामोड सडकखण्डमा शनिश्चरेबाट बिर्तामोडतर्फ आउने क्रममा मे २ प २४६८ नम्बरको मोटराइकलआफै अनियन्त्रीत भई नालीमा पसि दुर्घटना हुदा चालक ३० वर्षीय बुद्ध तामाङ र मोटरसाइकल पछाडी सवार अर्जुनधारा-४ बस्ने बर्ष अन्दाजी ४० वर्षीय मोहनराज कार्की घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल उपचार भईरहेकोमा शुक्रबार दिउँसो १ बजे तामाङको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।