२०८३ बैशाख १८ गते , शुक्रबार

इलाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ पौष १७ गते , विहीबार
इलाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । इलामको रवि-राँके सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। दुर्घटना बिहीबार साँझ करिब ५ बजे रवि–राँके सडक खण्डअन्तर्गत धोद्रे भन्ने स्थानमा भएको हो ।
सप्तमी बजारबाट रवि तर्फ गइरहेको बा ९९ प ८८०१ नम्बरको क्रसफायर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक अन्दाजी ३३ वर्षका इलाम फाकफोकथुम गाउँपालिका–४ निवासी सुवास सारु मगरलाई उपचारका लागि आधारभूत अस्पताल रवि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रविका इन्स्पेक्टर दुर्गा बहादुर राईले जानकारी दिए। मोटरसाइकलमा सवार अर्का व्यक्ति काशीनाथ मगरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार