२०८३ बैशाख १८ गते , शुक्रबार

विलिभर्स चर्चमा ख्रीष्ट्मस उत्सव सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ पौष १० गते , विहीबार
विलिभर्स चर्चमा ख्रीष्ट्मस उत्सव सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोड वडा नं ४ स्थित बिलिभर्स चर्चमा ख्रीष्टमस उत्सव मनाइएको छ । ईसाई धर्म गुरु येशू ख्रीष्टको जन्मदिनको विशेष स्मरणमा मनाईने ख्रीष्ट्मस बोलिभर चर्चमा विविध कार्यक्रम गरी सम्पन्न गरिएको हो ।
ईस्वी सम्वत् अनुसार हरेक वर्षको अन्त्यमा डिसेम्बर महिनाको २५ तारिखलाई ख्रीष्टमस मनाउने  चलन छ ।
चर्चका प्रमुख फादर डा . चित्रकुमार रुपाचाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगर पालिका वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बाईबलीय बचन, विभिन्न नृत्य, गायनसहित कार्यक्रम सम्पन्न गरिएको थियो ।
विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी सहभागी कार्यक्रममा मुना राईले स्वागत गरेको थिइन् भने कृष्ण लिङ्देन र पूजा लिङ्देनले संयुक्त संचालन गरेका थिए ।

सम्बन्धित समाचार