२०८३ बैशाख १८ गते , शुक्रबार
हात्तीको आक्रमणमा परी एक युवक घाइते
बिर्तामोड । झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक युवक घाइते भएका छन् । बुधबार साँझ हात्तीको आक्रमणमा परी मेचीनगर-१३ बस्ने २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् ।
हातेमालो सामुदायिक वनभित्र दाउरा लिन गएका बेला दाहाल हात्तीको आक्रमणमा परेको प्रहरीले जनाएको छ।
दाहिने खुट्टामा चोट लागेका दाहालको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। दाहालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।