२०८३ बैशाख १८ गते , शुक्रबार
लाखौं मूल्यको भन्सार छलीका सामान नियन्त्रण
बिर्तामोड । भन्सार छली गरी नेपाल भित्र्याइएको लाखौं मूल्यको सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार दिउँसो झापाको मेचीनगर-६ बसपार्क नजिकबाट अवैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छली ल्याँउदै गरेको थानको कपडा (सर्ट, पाईन्ट)को र साडी अन्दाजी ६ लाख ९४ हजार नौ सय बरावरको प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापालाई जनाएको छ।
नियन्त्रणमा लिइएका सामान आज मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।