स्थापना दिवसको अवसरमा रक्तदान
बिर्तामोड । नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको अवसरमा झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। महासङ्घको ३७औँ स्थापना दिवसको अवसरमा झापा शाखाले कार्यक्रम आयोजना गरेको हो।
महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरू कृष्ण हुमागाई, गणेश पोखरेल संस्थापक सचिव तारा बराल, प्रेस सेन्टर झापा अध्यक्ष पुष्प खड्का, सञ्चारीका समुह झापा अध्यक्ष लीला अनमोल लगायतले शुभकामना मन्तब्य राखेका थिए । वक्ताहरुले अग्रज पत्रकारहरूले देखेको सपना भन्दा अहिलेको पत्रकारिता व्यवसायिक बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष सुव्रत न्यौपानेले स्वागत गरेका थिए भने सचिव राजु पाठकले सञ्चालन गरेका थिए ।
कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।