२०८३ बैशाख १८ गते , शुक्रबार

संकटग्रस्त क्षेत्र इलामका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित

sajilo news
परिवेश मिडिया
२०८२ पौष ८ गते , मंगलबार
संकटग्रस्त क्षेत्र इलामका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित

बिर्तामोड गत असोज १८ १९ गते आएको अविरल बर्षाका कारण क्षतिग्रस्त इलाम जिल्लाका सडक तथा पुलहरूको पुननिर्माणका लागि अर्ब १९ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित भएको अर्थ मन्त्रालयले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै उक्त स्रोत सुनिश्चित गरेको हो

सडक डिभिजन इलामका इन्जिनियर पवन भट्टराईका अनुसार विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा सडक डिभिजन कार्यालय, इलाम अन्तर्गतका योजनाका लागि मन्त्रालयले कुल अर्ब १९ करोडको स्रोत सुनिश्चितता दिएको भए पनि चालु वर्षलाई ५४ करोड रुपैयाँ मात्र रकमान्तर गरी निकासा गर्ने भएको

स्रोत सुनिश्चितता भएकोमध्ये मेची राजमार्ग मर्मतका लागि सबैभन्दा बढी अर्ब ५० करोड रुपैयाँ यो राजमार्ग मर्मतका लागि चालु आर्थिक वर्षमा ७५ करोड आवश्यक भएपनि २५ करोड निकासा गर्ने भएको यसैगरी माइखोला पुल, राजदुवाली (मेची राजमार्ग)मा पर्ने स्थायी मोटरवेल पुल निर्माणका लागि २० करोडको स्रोत सुनिश्चित भएकोमा करोड निकासा गर्ने भएको

माइखोला पुल, बेलासे (मेची कोरिडोर)का लागि २५ करोडको लागत अनुमान गरिएको यस पुलका लागि १० करोड निकासा गर्ने भएको

 त्यसैगरी पुवाखोला पुलको स्थानमा बेलिब्रिज निर्माणका लागि आवश्यक करोड रुपैयाँ, जोगमाईखोलामा बेलिब्रिज निर्माणका लागि पनि आवश्यक करोड रुपैयाँ, मेची कोरिडोर (वैकल्पिक सडक) निर्माणका लागि १४ करोडको लागत अनुमान गरिएकोमा करोड निकासा गर्ने भएको

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका क्षतिग्रस्त संरचनाका लागि १० अर्ब ६८ करोड रुपैयाँ माग गरेको थियो तर हाललाई संकटग्रस्त घोषित इलामका लागि मात्र प्राथमिकताका साथ बजेट व्यवस्थापन गरिएको अर्थ मन्त्रालयले जनाएको

यस अघि विभिन्न संघसंस्थाले संकटग्रस्त क्षेत्रको अवधि सकिन लाग्दा समेत स्रोत सुनिश्चितता नभएको भन्दै आन्दोलन गर्दै आएका थिए

 

सम्बन्धित समाचार