२०८३ बैशाख १८ गते , शुक्रबार

जाँचबुझ आयोगलाई बयान नदिने ओलीको अडान

sajilo news
परिवेश मिडिया
२०८२ पौष ६ गते , आईतबार
जाँचबुझ आयोगलाई बयान नदिने ओलीको अडान

बिर्तामोड एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै हालतमा बयान नदिने अडान लिएका छन्

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा बयान लिने तयारी गरिरहेको चर्चा चलिरहेको बेलामा उनले त्यसका लागि आफू तयार नरहेको बताए एमालेको तेस्रोपटक अध्यक्ष निर्वाचित भएपछि पहिलोपटक हिमालय टिभीको कार्यक्रम यक्ष प्रश्नमा निमेष बन्जाडेसँगको अन्तर्वार्तामा ओलीले बरु आफू गोली खान, जेल जान तयार रहेको उल्लेख गरे

बयान दिन यदि मान्नु भएन भने चाहिँहामी यसरी गरेर भएपनि ल्याउँछौ, त्यसरी गरेर भएपनि ल्याउँछौ भन्ने भाषा सरकार पक्षबाट आइरहेको नि भन्ने प्रश्नमा ओलीको जवाफ बयान दिन मानेन भने गोली ठोके हुन्छ नि यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसक्यो, जाँच दिन्न भन्ने …. यत्रो कसुर गर्नेलाई हान्दिनु नि गोली उहाँहरूसँग नि बन्दुक के सानातिना कुरा गरिराख्या ? भएन भने आजीवन थुन्दिने, बयान नगरेबापत

उनले बयानका लागि भन्दै आफ्नै घरमा आए आफूले चिया खुवाएर पठाउने उल्लेख गरे मैले कति पल्ट भन्नु, बयान दिनु पर्ने छैन। तपाईंले रिजल्ट निकालिसक्नु भयो, फेरि जाँच किन दिने ? त्यसको अर्थ उहाँहरूसँग बोलचाल बन्द गर्छु भनेको होइन मेरो कुराकानी हुन्छ। कुरा हुन्छ। बयान भन्ने कुरा व्यक्तिको स्वेच्छाको कुरा होइन र ?

 

 

सम्बन्धित समाचार