२०८३ बैशाख १८ गते , शुक्रबार
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बिर्तामोड । झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार साँझ ५:३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर ६ गिरीबन्धु टि स्टेट नजिक पूर्व-पश्चिम राजमार्गमा चारआलीबाट बिर्तामोड तर्फ आउदै गरेको मे ५ प ६२२२ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएकोमा मोटरसाइकलमा सवार जिल्ला झापा भद्रपुर नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष २५ को भुपाल अधिकारी र अन्दाजी वर्ष २५ का भद्रपुर ७ का २५ वर्षीय शीर्षक सुवेदी गम्भीर घाइते भइ तत्काल उपचारको लागि बिर्तामोड स्थित बिएण्डसी अस्पताल लगेकोमा डाक्टरले चेकजांच गर्दा ६:१५ बजे दुवै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शव तत्काल सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।