२०८३ बैशाख १८ गते , शुक्रबार

झापा प्रहरीको सक्रियता : धमाधम पक्राउ पर्दै फरार थुनुवा

sajilo news
परिवेश मिडिया
२०८२ पौष ४ गते , शुक्रबार
झापा प्रहरीको सक्रियता : धमाधम पक्राउ पर्दै फरार थुनुवा

बिर्तामोड जेनजी आन्दोलनको क्रममा झापाका विभिन्न इलाका प्रहरी कार्यालयबाट फरार थुनुवा प्रहरीले धमाधम पक्राउ गरिरहेको पछिल्लो एक हप्तामा प्रहरीले चार जना फरार थुनुवालाई पक्राउ गरेको हो

प्रहरीले शुक्रबार (आज) बिर्तामोड पञ्चकन्या टोल बस्ने ३० बर्षीय विशाल गौतमलाई पक्राउ गरेको उनी लागूऔषध मुद्धामा अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका बेला भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फरार भएका थिए

त्यस्तै प्रहरीले यसै हप्ताको आइतबार बिर्तामोड का २८ बर्षीय किरणकुमार राजवंशीलाई पक्राउ गरेको थियो उनी इप्रका अनारमनीको हिरासतबाट फरार भएका थिए

मंगलबार गौरादह का ३४ बर्षीय शुसिलकुमार थापा अर्जुनधारा का २० बर्षीय बुद्धिप्रसाद चम्लागाईलाई पक्राउ गरेको थियो

पक्राउ परेका सबै लागूऔषध मुद्धाका फरार प्रतिवादी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इप्रका बिर्तामोड, झिलझिले दमकबाट ९२ जना प्रतिवादी फरार भएका थिए

सम्बन्धित समाचार