२०८३ बैशाख १८ गते , शुक्रबार

इटा उद्योगको पोखरीमा डुब्दा वृद्धाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ पौष ४ गते , शुक्रबार
इटा उद्योगको पोखरीमा डुब्दा वृद्धाको मृत्यु

बिर्तामोड । इटा उद्योगको पोखरीमा डुबेर बाह्रदशीमा एक बृद्धाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो १२ बजे प्रगती इटा उद्योगले बनाएको पोखरीमा डुबेर बाह्रदशी ५ बुधबारे बस्ने ६६ वर्षीया नंगमाया तामाङको मृत्यु भएको हो ।
घरबाट कोही कसैलाई जानकारी नगराई आफूखुसी निस्केर हिडेकी नंगमाया घर फर्की नआएपछि छोरा दलबहादुर तामाङले खोजतलास गर्ने क्रममा घरदेखि ३०० मिटर पश्चिममा रहेको इटाभट्टाको पोखरीमा डुबिरहेको अबस्थामा फेला परेकी थिइन् ।
उनको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ । कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

सम्बन्धित समाचार